पूर्वमन्त्रीसहित २० नेता बाबुरामलाई छाडेर नेकपामा जाँदै

होमल्याण्ड खबर

२०७६ असार १८ गते, बुधबार १५:०६ मा प्रकाशित

पूर्वमन्त्री कल्पना धमलासहित नयाँ शक्ति पार्टीका २० जना नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, पूर्वमन्त्री कल्पना धमला, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायतका २० जना कार्यकर्ता बिहीबार नेकपामा प्रवेश गर्ने बताएका छन् ।

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु नेकपामा प्रवेश गर्ने भएका हुन् ।