१० मंसिर २०८१, सोमबार
एजेन्सी । भारतीय क्रिकेटर टोलीका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । उनले बुधबार सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पत्रमार्फत जानकारी गराएका थिए ।
राएडूले भारतका लागि ५५ एकदिवसीय खेल खेलेका छन् । उनले एक हजार ६९४ रन बनाएका छन् । उनले ६ अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलेका छन् ।
विश्वकपका लागि भारतको वैकल्पिक खेलाडीका रुपमा छानिएका ३३ वर्षीय राएडूले टिममा भने स्थान पाएन।