विश्वकप क्रिकेटः आज अफगानिस्तानले वेष्ट इण्डिजको सामना गर्दै

होमल्याण्ड खबर

२०७६ असार १९ गते, बिहीबार ११:४६ मा प्रकाशित

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

बिहीबार हुने एक मात्र खेलमा अफगानिस्तानले वेष्ट इण्डिजको सामना गर्दैछ ।

यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको लिड्समा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

यो खेल अर्थहीन हो किनभने दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुवैले प्रतिष्ठाको रुपमा यो खेल खेल्दैछन् ।

वेष्ट इण्डिजले जारी विश्वकपको पहिलो खेलमा पाकिस्तानलाई हराएपनि त्यसपछिका ७ खेलमा पराजित हुन पुगेको छ । यस्तै, अफगानिस्तानले जारी विश्वकपमा एक खेलमा पनि जित दर्ता गर्न सकेको छैन ।