सेना र सरकारको सम्बन्ध बिगार्नु भनेको देश बिगार्नु होः सांसद रायमाझी

होमल्याण्ड खबर

२०७६ असार १९ गते, बिहीबार १२:२७ मा प्रकाशित

सांसद रमेशजङ रायमाझीले सेना र सरकारको सम्बन्ध विगार्नु भनेको देश बिग्रदै जाने संकेत भएको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा नेपाली सेनाको जागिरको आर्कषण घटेको बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘पहिले नेपाली सेनामा जागिर खानेको आर्कषण थियो तर अहिले त्यसको आकर्षण घटेको छ । किनकी अहिले २० सम्म जागिर खाएपछि ४० वर्षमा रिटायर्ड हुन्छन्, त्यसपछि विदेश जान नपाइने र नेपालमा नै केहि जागिर खान नपाउने भएकोले युवाहरु नेपाली सेनामा आकर्षित छैनन् ।’

साथै उनले भने, ‘परमोसनलाई पनि फास्ट ट्रयाकमा लैजान थालियो जसले कोहि अगाडि बढ्न सके कोहि पछाडि नै रहिरहे ।

सरकारको नितीमा फेरबदल आउदा राज्यलाई नेक्सानी हुने र नेपाली सेना र सरकारको बीचमा वैमनश्यता बढ्ने हुँदा सम्बन्ध बिग्रीँदै गएको छ ।’

उनले भने, सरकारले सेनाको मनोवल उच्च राख्नुपर्छ नत्र छिमेकी राष्ट्रहरु पाकिस्तानमा सैनिक सासन लागिरहेको अवस्था छ ।

उनले यस्तो स्थिती नेपालमा पनि आउने भन्दै सेना र सरकारको सम्वन्ध विग्रन नदिन सुरक्षा मन्त्रालयलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले भने, साथै सुरक्षित व्यारेकका लागि भौतिक पूर्वाधारको आवश्यक छ । जसका लागि रक्षा मन्त्रालयले अलि धेरै बजेट दिनुपर्छ । साथै शिक्षा र स्वास्थ्यमा पनि सेनलाई सुविधा दिनुपर्छ नत्र भने सबै युवाहरुको विदेशी आर्कषण बढ्ने दाबी गरे ।

साथै उनले वाइडवडि भ्रष्टचारको कूरा गर्दै ठूला नेताहरुले गरीएको भन्ने सुनिएको र जुनसुकै नेता भएपनि यसको कारवाही हुनुपर्छ भन्ने कुरालाई जोड दिए ।