१० मंसिर २०८१, सोमबार
मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर सिंगापुरविरुद्ध ब्याटिङ गर्दैछ ।
किनरारा ओभल मैदानमा जारी खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेको छ। सिंगापुर बलिङ गर्दैछ ।
पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ ।
अघिल्लो खेलमा ६ विकेट लिएका सागर ढकालको प्रर्दशन सिंगापुरविरुद्व हेर्न लायक हुनेछ । चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा विस्फोटक ब्याटिङ गरेका पवन सरार्फ र रित गौतमको ओपनिङ जोडीको समेत बास्तविक परिक्षण हुनेछ ।
सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ ।