१० मंसिर २०८१, सोमबार
एजेन्सीः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेशविरुद्ध पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ ।
आज न्युजिल्यान्ड र पाकिस्तानमध्ये एक टिम विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल पुग्नको लागि यो खेल एकदमै महत्वपूर्ण रहेको छ ।
लण्डनस्थित लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।
आज खेलमा पाकिस्तानले बंगलादेशलाई भारी अन्तरले पराजित गरे मात्रै विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।
पाकिस्तानले सुरुमा ब्याटिङ गर्दै ४०० भन्दा माथि रन बनाउनु पर्छ । यस्तो भएमा पाकिस्तानले बंगलादेशलाई ३०० रन भन्दा धेरैले जित्न सके मात्रै उसको विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ ।
न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने लगभग पक्का पक्की जस्तै देखिएको छ । न्युजिल्यान्डको ११ अंक छ भने उसको प्लस ०.१७५ नेट रनरेट छ ।
यता, पाकिस्तानको भने माइनस ०.७९२ नेट रनरेट छ । आजको खेलमा पाकिस्तानले बंगलादेशलाई हराए ११ अंक त हुन्छ तर नेट रनरेटको आधारमा न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्न सक्छ ।
आजको खेलमा पाकिस्तानविरुद्ध बंगलादेश जितको खोजीमा हुनेछ ।