१ मंसिर २०८१, शनिबार
नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ ।
पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यसमितिको वैशाख २२ गते प्रारम्भ हुने बैठकमा नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने बताएको हाे ।
पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने पनि जानकारी गराएको छ ।
विज्ञप्ति