८ मंसिर २०८१, शनिबार
नेपाल टेलिकमको मोबाइल नेटवर्क बिहिबार बिहान केहीबेर अबरुद्ध रह्यो । टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो ।
मोबाइल नेटवर्कमा आएको समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेले पनि केहीबेर पछि अवरोध हटेको छ ।
मोबाइलमा आकस्मिक रुपमा देखिएको समस्याबारे टेलिकमले औपचारिकरुपमा केही बताएको छैन । टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु देखा पर्ने गरेका थिए ।