१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय धुम्बराहीमाआयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।
ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिँड्थे । अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् ।’
काठमाडौंमा सडक निर्माण भइरहेको र केही दिनमै सम्पन्न हुने भन्दै काठमाडौंका सबै बाटा कालोपत्रे हुने र धूलो नउड्ने दावी गरे ।
पार्टी प्रवेशको विषयमा उनले पहिलेदेखि पार्टीमा रहेका र अब प्रवेश गरेका साथीलाई यथोचित जिम्मोरी दिइने बताए ।
उनले पार्टी भित्र असन्तुष्ट जनाइरहेका नेताहरुलाई ईंगित गर्दै भने, ‘हामी राष्ट्र निर्माणको कुरा गरिरहेका छौं त्यतीबेला कसैले सानो चित्त बनाउनु हुँदैन यो पार्टीमा सबै अटाउन सकिन्छ र क्षमता अनुसारको भूमिका दिइन्छ ।’