९ मंसिर २०८१, आईतवार
ग्लोबल आईएमई र जनता बैङ्क मर्ज हुने भएका छन् । दुई बैङ्कले राष्ट्र बैंकको निर्देशन बमोजिम मर्जर सहमति गरेका हुन् । मर्जरमा जाने सहमतिपत्रमा जनता बैङ्कका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनताका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरे । दुई बैङ्कले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका हुन् । मर्जरपछि बैङ्कको नाम ग्लोबल आईएमई बैंक रहनेछ भने सञ्चालक समितका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् ।
सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैङ्कबाट रहनेछन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृत जनताका पर्शुराम कुँवर क्षेत्री रहने र वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आइएमई बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।