सरकारले हत्या-हिंसा र विषादी खानामार्फत जनसंख्या घटाउन खोज्दैछ: सांसद भुसाल

होमल्याण्ड खबर

२०७६ असार २४ गते, मंगलवार ११:५६ मा प्रकाशित

नेपाली कांग्रेस सांसद पुष्पा भुसालले सरकारको चर्को आलोचना गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भुसालले सरकारले हत्या-हिंसा र विषादी खानामार्फत ३ करोड जनसंख्या पनि घटाउन खोजेको आरोप लगाएकी हुन्।

उक्त कार्यक्रममा बोल्दै भुसालले भनिन्, ‘देशमा घटिरहेका घटनामा पुलिस प्रशासन टुलुटुलुु हेरिरहेको छ, सरकारले त्यसलाई वेवास्ता गरिरहेको छ । के यो मुलुकमा कानुन छ ? जनताले प्रश्न गरिरहेका छन् ।’

जनताहरुको पक्षमा बोल्दै उनले सरकारले जनतालाई न्याय नदिइ गोली हान्दै हिडिरहेको बताउँदै  सरकारलाई कुनै संविधानले गोली हान्ने अधिकार नदिएको प्रष्ट पारेकी छन् ।