१ मंसिर २०८१, शनिबार
संसद बैठक अवरुद्ध भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सरोजनारायण यादवको मृत्यु भएको भन्दै दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका हुन् ।
कांग्रेस र राजपाका नेताहरु विरोध गर्दै रोष्टम घेर्न पुगेपछि सभामुख कृष्ण बहादुर महराले १५ मिनेको लागि भन्दै बैठक स्थगित गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले भने हवाई फायरमै उनको मृत्यु भएको र उनका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको जवाफ दिएका थिए ।
प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको उनले बताए ।