१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) को अवरोधका कारण १५ मिनेटलाई स्थगित भएको बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
आजको पहिलो बैठकमा सर्लाहीका कुमार पौडेलको शंकास्पद मृत्युलाई लिएर कांग्रेस र राजपाले गृहमन्त्रीको जवाफ माग गरेको र गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै रोष्टम घेराउ गरेपछि स्थगित बैठक बुधबार १ बजे बस्ने भएको हो ।
बैठक सुचारु गराउन सभामुख कृष्णबहादुर महराले पहल गरेपनि सत्तारूढ दलहरूले छानबिन समितिको मागबारे कुरा नगर्ने बताएपछि बैठक सूचना मार्फत् स्थगित भएको बताइएको छ ।