हङकङलाई पराजित गर्दै नेपालले उचाल्यो एसीसी यु-१९ इन्टर्न क्रिकेटको उपाधि

होमल्याण्ड खबर

२०७६ असार २४ गते, मंगलवार १३:०९ मा प्रकाशित

नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचाल्दै यु-१९ एसिया कपमा छनोट भएको हो।

९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि ओपनर रित गौतम १३ पवन सरार्फ ३९, खड्ग बहादुर बोहराले ८ रन बनाए ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।

हङकङका लागिआदित गोरावारा २४, काल्हन चल्लु १९ र रौनक कपुरले १२ रन बनाएका थिए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए ।

यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक/एक विकेट रह्यो ।

उपाधिसहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।