२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्टिय जनता पार्टी (राजपा) ले रोष्टम घेराउ गरेका छन् ।
बुधबार १ बजे बोलाइएको करिव साढे १ घण्टा बसेपनि प्रतिपक्षले विरोध जनाउदै रोष्टम घेर्न पुगेपछि राष्टिय सभाबाट प्राप्त विधेयक जानकारी गराउना साथ बैठक स्थगित गरियो ।
आजको बैठक सुरु हुनासाथ विरोध जनाउदै उठेका प्रतिपक्षी सांदहरुलाई सभमुख महराले नयाँ कुरा सुनाउने बताउने भन्दै बस्न आग्रह गरे तर विरोध जारी रह्यो । विरोधकाबीच सभामुख महराले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजित विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्टिय ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३ औं संशोधन विधेयकका सम्बन्धमा राष्टिय सभाबाट प्राप्त विधेयक जानकारी गराउन आग्रह गरे र विरोधकाबीच पढेरसमेत सुनाइयो ।
संदेश सुनाउनासाथ सभामुख महराले आजको बैठक स्थगित भएको र अर्को बैठक आगामी आसार ३० गते सोमबार बस्ने गरि स्थगित गरे ।
नेकपाका नेता कुमार पौडेल इन्काउन्टरको छानबीनको विषयमा छुट्टै संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै मंगलबारदेखि कांग्रेस र राजपाले संसद बैठक अवरोध गर्दै आएका छन् ।