नेकपा सचिवालय बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७६ श्रावण ५ गते, आईतवार ११:१२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे बस्ने बैठकले एकता प्रक्रियाले पूर्णता पाएको घोषणा गर्ने बताइएको छ ।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ ।