१० मंसिर २०८१, सोमबार
सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको सामान्य लक्ष्य दिएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।
नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो । कप्तान पारस २८ रनमा र ज्ञानेन्द्र २३ रनमा आउट भए ।
यस्तै सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे ।
कतारका इकबाल हुसेनले ३, तमोर साजाद र नुमान सर्वारले २/२ तथा इनवाल हसनले १ विकेट लिए ।