सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरितः भीम रावल

होमल्याण्ड खबर

२०७६ श्रावण ७ गते, मंगलवार १६:४८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलले देखाएको सक्रियतामा आपत्ति जनाएका छन् ।

मंगलबार नेता रावलले सामाजिक संजालमा ट्विटरमा ट्विट गर्दै नाम उल्लेख नगरी भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालमा शान्ति प्रकृयाको समयमा वाह्रय शक्तिको अचाक्ली चलखेल थियो । रोक्ने सामर्थ्य सरकारसँग थिएन । हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको छ । कुनै देशको दूतावासले सांसद, सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ ।