२९ कार्तिक २०८१, बिहीबार
प्रदेश २ को संसदमा मर्यादापालकहरु सोमबारबाट नयाँ पोशाकमा उपस्थित भएका छन् । दोस्रो संसद बैठकबाट मर्यादापालकको पोशाक सम्बन्धी निर्णय गरिएको थियो । तर, नयाँ पोसाक सिलाउनु पर्ने भएकोले हुनाले केही समय ढिलो भएता पनि मर्यादापालकहरु सोमबारको बैठकबाट नयाँ पोशाकमा उपस्थित भएका छन् ।
सोमबारको बैठकमा महिला मर्यादापालकहरुले सेतो सारी, कफी कलरको वन्डी तथा कोट लगाएर उपस्थित भएका छन् भने पुरुषहरुले पनि सोही कलरको कोट, वण्डी लगाएका छन् । पुरुषहरुले भाद्गाउँले टोपी समेत लगाएर पहिलो पटक संसदमा उपस्थित भएका छन् ।
केन्द्रीय संसदमा मर्यादापालकहरुका लागि दौरासुरुवाल र महिलाहरुका लागि सारी चोलो लगाउने गर्छन तर, प्रदेश २ मा आफ्नै भेषभुसा अनुसार पोशाक लगाउन पाउने गरी निर्णय गरिएको थियो । कोट र वण्डीको कलर भने एउटै हुनुपर्ने संसदबाट निर्णय गरिएको थियो ।