२९ कार्तिक २०८१, बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको छ । १५ गते दिउसो ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्ने छिन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलाई सम्बोधन गर्ने लागेकी हुन् ।