२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
असार २२ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो ३ बजेदेखि पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
बैठकमा बोल्नेहरुले बैठकबाटै महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन माग गरेका छन् ।