संसदमा राजपा र कांग्रेसको नाराबाजी, सांसदद्वारा रोष्टम घेराउ

होमल्याण्ड खबर

२०७६ श्रावण १५ गते, बुधबार ११:३४ मा प्रकाशित

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।

बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।

लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।