१४ मंसिर २०८१, शुक्रबार
अज्ञात समूहले देशभर एक दर्जन भन्दा बढी स्थानमा रहेका नेपाल टेलिकम, एनसेलको टावरमा आगजनी गरेका छन् ।
बुधबार रातिदेखि बिहिबार बिहान ८ बजे सम्म देशका एक दर्जन भन्दा बढी टावरहरुमा आगजनी भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँची जिल्लाको पाणिनी–५ मैदानमा रहेको नेपाल टेलिकमको एनटिसी पिटिएस टावरमा बुधबार राति करिब १० बजेको समयमा अज्ञात समुहले टावरमा आगजनी गरेका छन् ।
अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा रहेका एनसेलका टावरमा आगजनी तथा झापा र धादिङमा एनसेलको टावरमा बम विस्फोट भएको गरेका प्रहरीले जनाएको छ ।
उक्त आगजनीको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।