२ मंसिर २०८१, आईतवार
नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले सोसल मिडिया तथा अन्य ठाउँबाट दिएका सम्पुर्ण बधाइ आफ्ना लागि चुनौती भएको बताएका छन् ।
बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले यी सबै बधाईलाई आत्मसाथ गर्दै आफ्नो काममा अत्यन्तै बलियो भएर लाग्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सोसल मिडियामार्फत मलाई धेरै ठूलो बधाइ आएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती हो जस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ,।’
साथै उनले आफु असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने पनि बताएका छन् ।
सो कार्यक्रममा बोल्दै उनले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भए भने त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ,त्यसपछि म पछाडि हट्छु ।’
उनले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।