एनबीएल ‘थ्री अन थ्री इस्ट’ भदौ पहिलो साताबाट

होमल्याण्ड खबर

२०७६ श्रावण १६ गते, बिहीबार १५:०९ मा प्रकाशित

नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री इस्ट भदौ दोस्रो साताबाट हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिगले पत्रकार सम्मेलन गर्दै नेपाल बास्केटबल लिग थ्री अन थ्री इस्ट भदौ ६ गतेबाट सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

एनबीएल थ्री अन थ्री इस्टको पहिलो चरण पूर्वको धरान र विरानगरमा भदौ ६ गतेबाट ११ गतेसम्म सञ्चालन हुनेछ । जसमा तीनवटै स्थानमा १०–१० टोलीले नकाउटको आधारमा पहिलो चरणको प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो चरणका तीनवटै टोलीबाट पहिलो र दोस्रो टोलीले बिर्तामोडमा भदौ १४ गतेबाट फाइनलमा स्थान बनाउनको लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पहिलो हुने टोलीले नगद रु ५० हजार प्राप्त गर्नेछ त्यस्तै दोस्रो हुनेले २५ हजार हात पार्नेछ ।

थ्री अन थ्रीमा प्रत्यक टोलीमा चार चार खेलाडीको सहभागिता हुनेछ भने सबै भन्दा पहिले २१ अंक ल्याउने टोली विजयी हुनेछ । थ्री अन थ्री वेस्ट पनि केही समयपछि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।