१० मंसिर २०८१, सोमबार
क्यानडामा जारी ग्लोबल टी–२० मा नेपालका फास्ट बलर सोमपाल कामीले डेब्यू गरेका छन् ।
सोमपालले विनिपेग हक्सका लागि पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय टि–२० फ्रेन्चाइज लिगमा डेब्यु गरेका हुन् ।
एडमोन्टन रोयल्सविरुद्व सोमपालले डेब्यु खेलमा ब्याटिङ र बलिङ गर्ने अवसर पाएका थिए ।
तर उनी पहिलो खेलमा खासै प्रभाव जमाउन सकेनन् । उनी हक्सबाट आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । जसमा उनले ५ बल खेल्दै १ रनमात्र बनाउन सके । यस्तै दुई ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर विकेट विहिन रहे । तर रोयल्सविरुद्वको खेल होक्सले ८ विकेटले हार्न पुग्यो ।
एडमन्टन रोयल्सविरुद्ध पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन जोड्यो । जवाफमा रोयल्सले जम्मा २ विकेटको क्षतिमा १८ औं ओभरमै खेलमा सहज जित दर्ता गर्यो ।