संसदीय समितिमै रोए मन्त्री योगेश भट्टराई र वरिष्ठ नेता नेपाल

होमल्याण्ड खबर

२०७६ श्रावण १९ गते, आईतवार १७:०२ मा प्रकाशित

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संसदीय समितिमा रोए भने उनलाई नेकपाको वरिष्ठ नेता माधवकुमार नेपालले साथ दिए ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्रीको रुपमा पहिलो पटक उपस्थित भएका उनलाई समितिका सदस्यदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी रोएका थिए भने उनका शब्दमा भावुकता देखेर नेपाल समेत रोए ।

मन्त्री भट्टराईले २०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको र त्यसबेला डाक्टरले नै माया मारिसकेको अवस्थामा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको स्मरण गर्दै रोएका थिए ।

भट्टराईले आफ्नो र माधवकुमार नेपालको सम्बन्ध शिक्षक र विद्यार्थी तथा गुरु र चेलाको जस्तो मात्र नभई नेता नेपाल आफ्नो अभिभावक भएको भनिरहँदा नेपालको पनि मन थामिएन र उनले पनि रुनमा साथ दिए ।