ऐनविपरीत नागरिकता दिनेलाई कारबाही गरियोस्ः सांसद त्रिपाठी

होमल्याण्ड खबर

२०७६ श्रावण २१ गते, मंगलवार १४:४६ मा प्रकाशित

सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिने लाई पनि कारबाही गर्न माग गरेका हुन् ।

उनले ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन ?’ भनी प्रश्न गरे । उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारबाही भएको सुन्नमा नआएको भन्दै ती अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे । 

उनले भने, “नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन ? कति जनामाथि कारबाही भयो । ती आफै कही बजारबाट किनेका नागरिकता होइन होला । आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला । प्रमाणपत्र दिने अधिकारीमाथि के के कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रहित हुन्थ्यौं होला ।”