२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुकालागि प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही साउन ३१ देखि भदौ ६ सम्म पहिलो चरणमा ३ (तीन) प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुकालागि प्रशिक्षण सुरु गर्न लागेको हो ।
कार्यक्रम अन्तरगत साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नं स्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्नेछ ।
नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवाले उद्घाटन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको सहभागिता रहने छ ।
प्रशिक्षणकालागि नेपाली कांग्रेसको सांगठनीक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषयहरु राखिएको सचिव मुक्ति आचार्यले जानकारी दिए ।
प्रशिक्षणको मूल लक्ष्य नेपाली कांग्रेसका सदस्यहरुलाई जनतासँग कसरी आत्मीय संपर्क राख्ने भन्ने रहेको छ ।
प्रशिक्षणमा सहभागिहरु सबैले यातायात तथा आवसको व्यवस्था आफैले गर्नुपर्नेछ कांग्रेसले जनाएको छ ।