सांसद सुर्यनारायण बुझाए राजीनामा

होमल्याण्ड खबर

२०७६ श्रावण २८ गते, मंगलवार १३:३७ मा प्रकाशित

समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव ‘सुरज’ ले सांसद पदबाट राजीनामा दिएका छन् ।

मेडिकल डाक्टर समेत रहेका सांसद सुर्यनारायण यादवले प्रतिनिधी सभा सदस्यबाट राजिनामा दिएका हुन्।

सप्तरी १ बाट प्रत्यक्ष निर्वाचित सांसद यादव स्वास्थ्य तथा व्यस्ततालगायतका व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

यादवले स्वास्थ्य समस्याका कारण प्रतिनिधी सभामा समय दिन नसक्ने लगायतका विवरण उल्लेख गरेर सभामुख कृष्णबहादु महरालाई राजीनामा बुझाएको बताइएको छ यदपी उनको राजीनामा भने स्विकृत भइसकेको छैन ।