२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्न लागेको हो ।
मंगलबार बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो।
आज बस्ने बैठकमा स्कुल विभाग प्रमुखलगायत विभागको प्रमुखको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
स्कुल विभागको नेतृत्व विवाद चुलिएपछि साउन १३ गतेको बैठक १५ दिनका लागि स्थगित भएको थियो । आकांक्षीसँग थप परामर्श गर्न भन्दै बैठक स्थगित गरिएको थियो ।