२५ फाल्गुन २०८२, सोमबार
दोरम्बा हत्याकाण्डको १६ औँ स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड जाने तय भएको छ । नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान ‘मदन’ र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान ‘मिलन’लगायतको पहलमा साउन ३२ गते हुने कार्यक्रममा प्रचण्ड दोरम्बा गाउँपालिकास्थित डाँडाकटेरी जान लागेको हो ।
२०६० साउन ३२ गते तत्कालीन शाही सेनाले निःशस्त्र अवस्थामा रहेका रामेछापका जनसरकार प्रमुख समेत रहेका लोकप्रिय नेता बाबुराम लामासहित तत्कालिन माओवादीका २२ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरी पाशविक ढंगले हत्या गरेको थियो । जुन दिन डा. बाबुराम भट्टराई नेतृत्वको माओवादी वार्ता टोली र तत्कालीन मन्त्री नारायणसिंह पुन नेतृत्वको सरकारी वार्ता टोलीका बीच दाङको हापुरेमा वार्ता हुँदै थियो । दोरम्बा हत्याकाण्डपछि वार्ता भंग भएको थियो ।