२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो ।
साथै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, विदेश विभागमा माधव नेपाल, पर्यटन विभागमा योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको स्रोतले जानकारी दिएको छ । आज बसेको सचिवालय बैठकले नेकपाका ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको छ ।
यसअघि बोलाइएका अधिकांश सचिवालय बैठकहरु स्कुल विभाग कसलाई दिने भनेर नेताहरुमा चर्काचर्की नै परेको थियो । ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल र प्रचण्डले नारायणकाजी श्रेष्ठलाई नै बनाउनुपर्ने अडान लिएपछि सहमति हुन सकेको थिएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच पनि विभागको नेतृत्व कसलाई दिने भन्नेबारेमा पटक पटक भएको छलफल आज निष्कर्षमा पुगेको छ ।