१० मंसिर २०८१, सोमबार
विश्वकै प्रतिष्ठित अल्ट्रा ट्रेल दौड प्रतियोगितामा भाग लिन हङकङबासी नेपाली दीननाथ बगाले अहिले फ्रान्स पुगेका छन् । उनले फ्रान्सको दक्षिणपूर्वी क्षेत्र सेनोमीमा आगामी अगस्ट ३० मा आयोजना हुने ट्रेल दौडको सर्वा्धिक प्रतिष्ठित १ सय ७१ किलोमीटर लामो अल्ट्रा ट्रैल डु मोन्ट ब्लांक (टिएमबी) मा भाग लिनेछन् ।
बगालेले त्यहाँ नेपालको प्रतिनिधित्व गर्दै नेपाली महावाणिज्यदूत हङकङसँगको सहकार्यमा भिजिट नेपाल २०२० को लागि पर्यटन प्रवर्द्धन गर्नेछन् । ट्रेल दौडको लागि विश्वकप मानिने उक्त दौडमा सहभागिताको लागि प्रबेश पाउनु मात्रै पनि ठूलो कुरा मानिन्छ ।
क्वालिफाईङ पोइन्टको आधारमा प्रवेश पाइने उक्त प्रतियोगितामा सहभागी हुन ट्रेल रनरहरुले सुरुवातदेखि सपना पालेका हुन्छन्। दीननाथ बगालेले उक्त आवश्यक सर्तहरु पुरा गरेर प्रवेश पाएका हुन् ।
ठूला चुनौतीलाई पार गर्नुपर्ने यस हिमाली दौड साहसिक खेल हो। दीननाथ सहभागी हुने खेल आगामी अगस्ट ३० तारिख फ्रान्सेली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।
कडा मिहिनत र तयारी चाहिने यस दौड प्रतियोगितामा संसारभरका उत्कृष्ट २३ सय धावक धाविकाहरुले भाग लिनेछन् ।
फ्रान्सको सुन्दर ठाउँ सानोमीबाट दौड शुरु हुनेछ । यस दौडको क्रममा धावकले स्विजरल्यान्ड तथा ईटलीका विभिन्न स्थान पार गर्नेछन् फेरि फ्रान्स फर्कनेछन्