महानगरपालिकाका सार्वजनिक स्थानमा फ्री वाइफाइ

होमल्याण्ड खबर

२०७४ चैत्र १८ गते, आईतवार ०९:५७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले वर्ल्ड लिंक कम्युनिकेशनसंग साझेदारी गरि विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा प्रदान गरिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आज सम्झौता भएको छ ।
सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका छन् । कम्पनीले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्नेछ । यो कार्यमा लाग्ने सबै लगानी वर्ल्ड लिंकले नै गर्नेछ । यो सेवा सुरु भएपछि प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । वाइफाइ अन गरेपछि स्वतः कनेक्ट हुने गरी व्यवस्था मिलाइनेछ ।
वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ ।