२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेठवार्ता भएको छ ।
शुक्रबार स्वास्थ्य उपचारपछि फर्केका प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सकारी निवास बालुवाटार पुगेका हुन् ।
भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै पछिल्लो राजनीतिक गतिविधि, पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
उक्त भेटवार्तामा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ ।