१० मंसिर २०८१, सोमबार
नाडेज्दा कप फुटबलमा अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो ।
तुलनात्मक रुपमा बलियो टोली उज्वेकिस्तानले खेलको ३४ औँ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । निकै नै प्रतिस्पर्धात्क खेलमा उज्वेकिस्तानले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्न सफल भयो । यता नेपालले गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन । आजको खेलमा नेपाली टोलीकी कप्तान निरु थापा खेलमा चोट बोक्दै पहिलो हाफमा मैदान बाहिर गएपछि नेपालाई केहि असर परेको थियो ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो । यता उज्वेकिस्तानले पहिलो खेलमा ताजकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको नेपालले त्यसअघि नाडेज्दा कप खेल्न लागेको हो ।