१० मंसिर २०८१, सोमबार
विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज मंगलबार चाईनिज ताईपेईसँग प्रतिस्पर्धा गर्दैछ ।
समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
ताइपेईको मुन्सिपालिटी स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ४ः५५ मा सुरु हुनेछ ।
समूहको पहिलो चरणको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित हुँदा जोर्डनले ताइपेईको मैदानमा २–१ को जित दर्ता गरेको थियो । मंगलबार दोस्रो खेलमा अष्ट्रेलियाले कुवेतको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार व्यहोरेको नेपाल उक्त हारलाई बिर्सँदै नयाँ रणनीतिका साथ मैदान उत्रने तयारी गरेको छ ।
नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।