कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, तोडियो सहमति !

होमल्याण्ड खबर

२०७६ भाद्र ३० गते, सोमबार ०३:०४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको खजुरा घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग केहीबेर अगाडि सदन खुलाउने विषयमा सहमति भएको थियो ।

खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता गर्न सत्तारुढ दल तयार नभएपछि सहमति भाँडिएको हो ।

सहमति भाँडिएपछि कांग्रेसले अहिले संसद अबरुद्ध गरिरहेको छ ।