कराते टोली आज मलेसिया प्रस्थान

होमल्याण्ड खबर

२०७६ भाद्र ३१ गते, मंगलवार ११:२९ मा प्रकाशित

पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।

असोज २ देखि ६ गतेसम्म मलेसियाको क्लालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले ५० केजी तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५ केजी, सुरज तामाङले ६५ केजी, सरोज कार्कीले ७५ केजी, सरलराज तामाङले ५५ केजी, करुणा कामीले ५० केजी, आरती गुरुङले ५५ केजी र सुमिना थापा मगरले ५० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

यसैगरी अफिसियलमा रोहित क्षत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठ छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सुमन तिमल्सिनाले निर्वाह गर्ने छन् । टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाइ संघका अध्यक्ष विदुर कुँवरले मंगलबार नै बिदाइ गरे ।