प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन नगर्ने

होमल्याण्ड खबर

२०७६ आश्विन २ गते, बिहीबार १४:१४ मा प्रकाशित

बजेट अधिवेशनको अन्त्यमा प्रधानमन्त्रीले संसदमा सम्बोधन नगर्ने भएका छन्।

बिहीबार दिउँसो २ः३० बजे संसदको चालु अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।

असोज ३ गते शुक्रबार संविधान दिवसका दिन ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले संसदको संम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको बताइएको छ ।
काठमाडौं– संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ।

प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएपछि नेकपा संसदीय दलको तर्फबाट उपनेता सुभास चन्द्र नेम्वाङले सम्बोधन गर्ने बुझिएको छ ।

बैठकमा अन्य दलका नेताहरुले पनि सम्बोधन गर्नेछन्।