२ मंसिर २०८१, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको बताएका छन् ।
संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली नागरिकको हितलाई केन्द्र भागमा राखेर संविधान निर्माण भएकोले विश्वकै अनुपम दस्तावेज भएको बताएका हुन् ।
नेपाली नागरिक आफैँले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गर्दै भने, ‘अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौं । आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत गयौं ।
यो संविधान आफैँमा अनुपम दस्तावेज हो । विश्वका कुनै पनि संविधानभन्दा कमाजोर छैन । यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ । केहीले सुविधैसुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ ।’
संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्नेरनसक्ने बहसको विषय भए पनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने नेपालको भनाई थियो ।