२ मंसिर २०८१, आईतवार
राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।
‘फोरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ,’ डा. भट्टराईले भने ।
उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए । उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको पनि बताए ।
भने, ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो थाहा पाइसकेका छौँ ।’