२ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तरगतको अन्तिम कार्यक्रम आज देशभर गर्दैछ ।
वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेदेखि देशभर बिरुवा रोपेर सुरु भएको कांग्रेसको जागरण आज सरकारविरुद्ध प्रदर्शन गर्दै सम्पन्न हुन लागेको हो ।
‘हिमाल, पहाड, तराई–मधेश जागरण’ नाम दिएर दोस्रो चरणको अभियान सुरु यस अभियानका क्रममा कांग्रेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।
आज अन्तिम दिनको कार्यक्रममा बढ्दो महँगी, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण गतल गतिविधि र स्थानीय स्तरका मुद्दाहरुलाई लिएर विरुद्ध प्रदर्शन गर्ने कांग्रेसले अभियानको सुरुवातमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो ।
आजको कार्यक्रममा अभियानमा खटिएका कांग्रेस नेताहरुका साथै केन्द्रीय स्तरका नेताहरुसमेत विभिन्न जिल्लाहरुको कार्यक्रममा सहभागि हुने भएको कांग्रेस केन्द्रीय कार्यालयले बताएको छ ।