नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने छौँ: सभापति देउवा

होमल्याण्ड खबर

२०७६ आश्विन ९ गते, बिहीबार १४:३० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान दुबैबीच भेटवार्ता भएको हो । राजदूत बेरीले बूढानिलकण्ठ पुगेर सभापति देउवा र कोटेश्वरमा नेता नेपाललाई भेटेका हुन्।

भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध, सहयोग र संभावनाहरूबारे छलफल भएको नेताहरूको निजी सचिवालयले जनाएको छ।

फेसबुकमा अमेरिकी राजदूत बेरीसँगको तस्बिर राख्दै देउवाले लेखेका छन्, अमेरिकी राजदुत च्बलमथ द्यभचचथ सँग आज विहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो।

फेसबुकमा देउवाको स्ट्याटस्