२ मंसिर २०८१, आईतवार
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेशका मुख्य मन्त्रीहरू प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाएका छन्।
बिहिबार नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री थापाले केपी शर्मा ओलीलाई संघियता असफल बनाउनेतर्फ लागेको पनि आरोप लगाएका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई संघिएता खारेज हुने हो कि भन्ने कत्ति पनि चिन्ता छैन । वर्तमान सरकारका प्रधानमन्त्रीलाई संघीयता कत्ति पनि चित्त बुझेको छैन । संघीयता तलमाथि भयो भने प्रदेश नंबर ३ र कर्णाली प्रदेशले अधिकार गुमाउँछ । देशको अबिभाबक जस्तो प्रधानमन्त्रीले संघीयताको चिन्ता नगर्ने झन् मुख्यमन्त्री त प्रधानमन्त्रीका टोकपी हुन् उनलाइ के चिन्ता ?’
थापाले नारणहीटीमा राजारानीलाई बस्न नदिएर सितल निवासमा महारानी राख्नकानिम्ति गणतन्त्र नल्याएको बताए । लोकतन्त्र नमान्ने गणतन्त्र ठिक ठाउँमा राख्न नसक्ने र संघीयता जोगाउन नसक्ने बेइमानी काम गरेको आरोप लगाए ।