२ मंसिर २०८१, आईतवार
अप्रत्याशित रुपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको समाचार आजको गोरखापत्रले दोस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन ।
अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ ।
संघीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।
उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेकी थिइन् ।