२ मंसिर २०८१, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिको भावनाअनुसार नै आफूहरु अघि बढ्ने स्पष्ट पारेका छन् । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
पार्टी प्रशिक्षण कार्यक्रममा मंगलबार पाँचथर आईपुगेका प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको उनले सुनाए ।
पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग प्रचण्डको असहमति रहेको समाचार प्रकाशमा आएका छन् ।