आलम प्रकरणमा ४ जना अभियुक्त फरार

होमल्याण्ड खबर

२०७६ कार्तिक ७ गते, बिहीबार ११:५५ मा प्रकाशित

जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अफताब आलम पक्राउ परेपनि अन्य ४ जना अभियुक्तहरू अझै फरार रहेका छन ।

बम बिष्फोटमा परी घाइतेलाइ जिउदै जलाएको आरोपमा पुर्व मन्त्री आलम सहित ४ जना माथि किटानी जाहेरी परेको छ । जस मध्ये अझै ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिए ।

यसरी फरार हुनेहरुमा मन्त्री अफताब आलमका आफनै भाइ महताब अलाम, स्थानिय शेख भदई ,मोबिन आलम र शेख सराज रहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

फरार अभियुक्तहरुको खोजी कार्य प्रहरी जारी राखेको उनको भनाई छ । पुर्वमन्त्री आलमलाइ पहिलो संबिधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम बिष्फोट गराई घाइतेहरुलाइ जिउदै इट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते रौतहट प्रहरीले प्रक्रउ गरेको थियो ।

पहिलो पटक अनुसन्धानको लागी ७ दिनको म्याद थपेको र फेरी ५ दिन पुन म्याद थप गरी प्रहरीले अनुसन्धान गरीरहेको छ । आलमलाइ अनुसन्धान गर्न कार्तिक ८ गते सम्मको जिल्ला अदालत रौतहट गौरले म्याद थप गरेको हो ।