२ मंसिर २०८१, आईतवार
अदालतले राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरेको छ ।
जिल्ला अदालत, रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको हो ।
यसअघि थपिएको ५ दिनको म्याद बिहीबार सकिएपछि आलमलाई आज अदालत लगेर म्याद थप गरिएको हो ।
०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएर १४ जनाको हत्याको आरोपमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गरिएको हो ।